समाचारमंगलबार, माघ ६, २०७१
डडेल्धुरामा बन्द खुल्यो
एमाओवादीसहितको तीस दलीय मोर्चा लगायतको आह्वानमा बन्द रहेको डडेल्धुरा बजार खुलेको छ । स्थानीय व्यवसायीले बागजारसहित तुफानडाँडा, खलंगा, किर्तिपुर लगायत सबै बजार खुलाएका हुन् ।
बजार खुलाउने क्रममा बन्दकर्ता र व्यवसायीबीच झडप पनि भएको छ । व्यवसायीको प्रतिकारको क्रममा एमाओवादी अध्यक्ष पदमराज जोशी, सचिव उमेश भट्ट लगायत केही कार्यकर्ता घाइते भएका छन् ।
स्थानीय प्रशासनले अहिले डडेल्धुरामा सुरक्षा व्यवस्था कडा पारेको छ ।
छत्र साउद, डडेल्धुरा

