समाचारमंगलबार, माघ ६, २०७१
राप्रपा पनि प्रक्रियाप्रति प्रतिबद्ध
राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ माघ रातिको संविधानसभा बैठकमा भएको घटनालाई नेपालको इतिहासमा दुर्भाग्यपूर्ण घटना भएको जनाएको छ ।
राप्रपाका संसदीय दलका नेता दीपक बोहराद्वारा ६ माघमा जारी विज्ञप्तिमा संविधानसभा वैठकमा भएको तोडफोड र आक्रमणको घटनाले ८ माघभित्र संविधान पाउने नेपाली जनताको आशामाथि तुषारापात गर्न खोजिएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ – “नेपाली जनताको चाहनाअनुसार नयाँ संविधान आउनुपर्छ भन्ने राप्रपाको धारणा छ । यस्ता क्रियाकलापले संविधान निर्माणमा कुनै असर नपर्ने र जनताको पक्षमा पनि नहुने हुँदा पार्टी संविधान ल्याउने प्रक्रियाप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दछ ।”
* यो समाचारमा राप्रपा हुनु पर्नेमा यसअघि राप्रपा नेपाल भएकोमा स-खेद सच्चाइएको छ ।
