समाचारमंगलबार, माघ ६, २०७१
जनार्दन शर्मा घाइते, दाहाल प्रहरीको भ्यानमा निवासतर्फ
काठमाडौंको बबरमहलमा प्रहरी र एमाओवादी नेतृत्वको मोर्चाका कार्यकर्ताबीच झडप भएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेता एवम् सभासदहरु नयाँ बानेश्वरबाट नाराबाजी गर्दै बबरमहल नजिकै पुगेपछि त्यहाँ पहिलेदेखि रहेका कार्यकर्ताहरुले प्रहरी घेरा तोड्न प्रहरीमाथि प्रहार गर्दा झडप भएको हो । झडपका क्रममा प्रहरीले लाठी चार्ज गरेको छ ।
प्रहरीको लाठी चार्जबाट एमाअाेवादी सभासद् जनार्दन शर्मा लगायतका नेताहरु घाइते भएका छन् ।
अहिले ठूलो संख्यामा तैनात सुरक्षाकर्मीले नेता तथा कार्यकर्तालाई घेरेर राखेको छ भने दाहाल प्रहरीको भ्यानमा चढी निवासतर्फ लागेका छन् ।
कपिल भट्ट
