थप समाचारबुधबार, माघ ७, २०७१
नयाँ बानेश्वरमा तीन डिआइजीको नेतृत्वमा सुरक्षा
संविधानसभा भवन आसपासमा विभिन्न समूहको धर्ना र विरोधसँगै अराजक गतिविधि बढ्न थालेको भन्दैसरकारले त्यसक्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको छ ।
संविधानसभा भवन, नयाँ बानेश्वर क्षेत्रमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालित भएका छन् । उक्त क्षेत्रमा हिंडडुलगर्ने र भेला हुनेमाथि निगरानी राखिएको छ ।
गृह मन्त्रालयको एकीकृत सुरक्षा योजना अनुसार उनीहरूलाई परिचालन गरिएको हो ।
संविधानसभा भित्रै पनि डीआईजीको नेतृत्वमा ठूलो संख्यामा मर्यादापालकहरु खटिएका छन् ।
५ माघ राति संविधानसभा बैठकमा एमाओवादी मोर्चाका सभासदहरुले तोडफोड र अन्य नेतामाथि आक्रमण गरेपछि त्यहाँको सुरक्षा व्यवस्था बढाइएको हो ।
