समाचारबुधबार, माघ ७, २०७१

एमाओवादीले भन्यो, ‘संविधानसभामा भएको घटना त्रुटीपूर्ण, सच्चाउँछौं’

हिमालखबर

dahalएमाओवादीले संविधानसभाको ५ माघ रातिको बैठकमा भएको घटना त्रुटीपूर्ण भन्दै आगामी दिनमा सच्याउने प्रतिवद्धता गरेको छ।

संविधानसभा बैठकमा भएको आक्रमणको सर्वत्र विरोध भएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले ७ माघ बिहान पत्रकार सम्मेलन गरी ‘नचाहदाँ नचाहँदै संविधानसभामा तोडफोड भएको र अब त्यस्तो त्रुटी हुन नदिने’ बताए ।

दाहालले योजना बनाएर तोडफोड नगरिएको भन्दै प्रक्रियालाई रोक्ने क्रममा अप्रिय घटना हुन पुगेको बताए ।

भट्टराईले उक्त घटनालाई त्रुटी भन्दै आगामी दिनमा सच्याउने बताए। उनले भने, “जंगली व्यवहार देखाइयो भनिएको छ तर, हामीले शानितपूर्ण तरिकाले प्रतिरोध गर्दै थियौँ, त्यस्तो घटना भयो यो त्रुटीलाई हामी सच्याउन तयार छौँ।”

‘प्रधानमन्त्री नै सहमति विरोधी’
दाहालले प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला नै सहमतिविरोधी भएको आरोप लगाए ।

उनले सहमति नगर्नका लागि प्रधानमन्त्री कोइराला नै सक्रिय भएको आरोप लगाउँदै प्रधानमन्त्रीले अब ‘सहमति हुनै सक्दैन प्रक्रियामा जानुपर्छ’ भनेको दाबी गरे ।

पहिले नै चेतावनी दिइएको थियो
दाहालले संविधानसभामा अप्रिय घटना हुने जानकारी पहिले नै गराइएको बताए । “चारपक्षीय बैठकमै विजयकुमार गच्छदारजीले दुई घण्टापछि के हुन्छ हेर्नुहोला भन्नुभएको थियो,” उनले भने, “बाबुरामजीले महाभारत कुरा गर्नु भएकै थियो, प्रष्ट थियो, कुनै कुरा लुकिछिपी भएको थिएन ।” दाहालले अगाडि भने, “तर, योजना चाँही तोडफोड गर्ने थिएन, प्रक्रिया रोक्नुपर्छ भन्नेमात्रै थियो ।”

उनले प्रश्नावली समिति बनाउने प्रस्ताव लिएर कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ हतार हतार रोष्टममा गएपछि स्थिति अर्कै भएको दाबी गरे ।

बैठक स्थगित भइसकेपछि पनि तोडफोड हुनु चाहीं दुःखद भएको उनले बताए ।

उनले ६ माघ साँझ भट्टराई र आफूमाथि बिजुलीबजारमा आक्रमणको प्रयास भएको दाबी गर्दै केही पत्रकारमाथि पनि आक्रमणको प्रयास भएकोमा अन्यथा नठान्न आग्रह गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>