समाचारबुधबार, माघ ७, २०७१
एमाले पूर्वसभासद् बोहोराको निधन
नेकपा एमालेका पूर्वसभासद् गोपालसिंह बोहोराको ७७ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा ६ माघ राति निधन भएको हो ।
उनको ७ माघमा अन्तिम संस्कार गरिएको छ । पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ ।
उनी अघिल्लो संविधानसभामा एमालेको तर्फबाट समानुपातिक सभासद थिए ।
यसैबीच, संविधानसभा बैठकले ७ माघमा पूर्वसभासद बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
