समाचारबिहीबार, माघ ८, २०७१
संविधानसभा भवनका ठाउँठाउँमा धुलोखुर्सानीको पोका
संविधानसभा भवन परिषरमा आज (८ माघ) बिहान विभिन्न ठाउँमा धुले खुर्सानीको पोका भेटिएको छ ।
राजनीतिक दलहरुले संविधान जारी गर्छौ भनि प्रतिवद्धता गरेको ८ माघको संविधानसभा बैठक शुरु हुनुअघि भवनका विभिन्न भागमा खुर्सानीको धूलो भेटिएको हो ।
संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले खुर्सानी भेटिएको घटनाले दुःखी बनाएको बताएका छन् ।
८ माघ विहान ११ बजे संविधानसभा बैठक बोलाइएको छ ।
संविधानसभा परिसरभित्र बैठकमा सहभागी हुन आएका सभासद, समाचार संकलन गर्न पुगेका सञ्चारकर्मी र कर्मचारी समेतलाई कडा चेक जाँचपछि मात्रै संविधानसभा भित्र प्रवेश दिइएको छ ।
गाडीमा आएकाहरुलाई पनि गेटमै गाडीमा उतारेर चेक जाँच गरिएको छ । झोला बोकेर भित्र जान दिइएको छैन ।
