समाचारबिहीबार, माघ ८, २०७१
प्रस्ताव अघि बढाउन खोजेमा एमाओवादीले कडा प्रतिवाद गर्ने
तीन दिनदेखि संविधानसभा वैठक अवरुद्ध पार्दै आएको एमाओवादीले ८ माघको संविधानसभा बैठकमा पनि संविधान निर्माणलाई प्रक्रियामा लैजान प्रस्ताव अघि बढाइए त्यसको कडा प्रतिवाद गर्ने भएको छ ।
संविधानसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा एमाओवादीको संसदीय दलको कार्यालयमा ८ माघमा भएको छलफलमा सत्ता पक्षले प्रस्तावलाई अगाडि बढाउन खोजेमा त्यसको कडा प्रतिवाद गर्ने नेता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
यद्दपी उनले सत्तापक्षका दलहरुले वार्ताका लागि बोलाए आफूहरु वार्ताका लागि तयार रहेको बताए ।
