थप समाचारबिहीबार, माघ ८, २०७१
चितवनमा जिल्लास्तरीय टेष्ट परीक्षा स्थगित, विद्यार्थीबाट लिएको शुल्क फिर्ता
सरकारीस्तरबाट हटाइएपनि चितवनमा निजी तथा आवासीय माध्यमिक विद्यालय अर्गनाइजेसन ९प्याब्सन० ले लिन खोजेको जिल्लास्तरीय टेष्ट परीक्षा स्थगित भएको छ ।
विद्यार्थी सङ्गठनको विरोधका कारण प्याब्सनले लिन खोजेको प्रवेशिका टेष्ट परीक्षा स्थगित भएको प्याब्सनका अध्यक्ष बेलबहादुर गुरुङले जानकारी दिए ।
उक्त परीक्षा स्थगित भएपछि अब हरेक विद्यालयले आफ्नै तरिकाले आन्तरिक परीक्षा सञ्चालन गर्ने र विद्यार्थीबाट लिएको शुल्क पनि खर्च कटाएर फिर्ता गर्ने जानकारी दिए ।
भोली ९ माघदेखि विद्यालयले आन्तरिक परीक्षा लिने नयाँ मिति तय गरेको छ । यसअघि टेष्ट परीक्षाका लागि भन्दै निजी विद्यालयले हरेक विद्यार्थीबाट रु ४७५ शुल्क उठाई ५ माघबाट परीक्षा लिन थालेपछि विद्यार्थीको विरोधका कारण रोकिएको थियो ।
“अब भोलिदेखि आन्तरिक परीक्षा हुन्छ, त्यसमा लाग्ने सामान्य खर्च लिएर बाँकी रकम फिर्ता हुन्छ,” अध्यक्ष गुरुङले भने, “यो परीक्षाले विद्यार्थीको मूल्याङ्कनका लागि सहयोग गर्छ ।”
सो विषयमा परीक्षा समिति र विद्यार्थी सङ्गठनबीच वार्तासमेत भएको थियो ।
जिल्लामा अहिले मावि तहका १०६ निजी विद्यालय छन् । जसमा एसएलसीको तयारीमा रहेका विद्यार्थी चार हजार ४८१ जना छन् । रासस
