समाचारबिहीबार, माघ ८, २०७१

संविधानसभा बैठक आधा घण्टाका लागि स्थगित

हिमालखबर

टेलिभिजन तस्वीर

टेलिभिजन तस्वीर

दुई घण्टासम्मको अवरोधपछि संविधानसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

संविधानभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु आफैंले संविधान दिन्छौं भनेर प्रतिवद्धता जनाएको म्याद आज गुजार्दैछन् ।

दल र नेताहरुका आफ्ना स्वार्थ र अडानका कारण संविधानका विवादित विषयमा सहमति हुन नसकेपछि विपक्षी दलहरुले तीन दिनदेखि लगातार संविधानसभाको बैठक अवरुद्ध पारिरहेका छन् ।

आज ११ बजे शुरु हुने भनिएको बैठक करिब १२:४० मा शुरु भएको छ । बैठक शुरु भएको सभाध्यक्षबाट घोषणा हुनुअघि नै एमाअाेवादी मोर्चामा आवद्ध दलहरुले नाराबाजी शुरु गरेका छन् । नाराबाजीकै बीचमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्ले ‘माननीय सदस्यहरु मैले बैठक शुरु भएको घोषणा नै गरेको छैन, अब शुरु गरौ‌‌, माननिय सदस्यहरु संविधानसभाको कार्वाही अब प्रारम्भ हुन्छ’ भनेका थिए ।

५ माघ रातिको बैठकमा संविधान निर्माणलाई प्रक्रियामार्फत अगाडि बढाउनेगरी सभाअध्यक्ष सुवास नेम्वाङले सभासद चीनकाजी श्रेष्ठलाई प्रश्नावली समिति गठनको प्रस्ताव पेस गर्न समय दिएपछि एमाओवादी नेतृत्वको मोर्चाले बैठकमै हुलदंगा गरेको थियो । त्यसपछिका बैठकहरु निरन्तर अवरुद्ध भइरहेका छन् । अहिले एमाओवादीलाई मधेशकेन्द्रित दलहरुको साथ छ ।

यसैबीच संविधानसभा भवन परिसरमा खुर्सानीको धुलो भेटिएको खबर प्राप्त भएको छ । संविधानसभा सचिवालयका प्रवक्ताले खुर्सानीको पोका भेटिएको र त्यसबारे अनुसन्धान भइरहेको पुष्टी गरेका छन् । एमाओवादी नेता अग्नि सापकोटाले सत्ताधारी दलहरुले विपक्षीलाई बदनाम गर्ने षडयन्त्र भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>