थप समाचारबिहीबार, माघ ८, २०७१
चन्द्रगढीमा प्रदर्शनकारी र प्रहरीबीच झडप
झापाको चन्द्रगढीमा एमाओवादीसहितका तीस दलीय मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा ८ माघमा ज्ञापनपत्र बुझाउन गएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
नाराबाजी गर्दै कार्यालयमा ठूलो संख्या प्रवेश गर्न खोजेपछि रोक्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ । झडपको क्रममा ६ जना प्रदर्शनकारी सामान्य घाइते भएका छन् ।
अहिले भने अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ ।
गोपाल गडतौला, झापा
