समाचारबिहीबार, माघ ८, २०७१
चार पक्षीय बैठक जारी
संविधानसभाको ८ माघको बैठक स्थगित भएलगत्तै शुरु भएको चार पक्षका प्रमुख नेताहरुको बैठक जारी छ ।
संविधानसभा बैठकलाई कसरी अगाडि बढाउने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशकेन्द्रित दलका शीर्ष नेताहरुको बैठक बसेको हो ।
संविधानसभा भित्रको बेग्लै कक्षमा जारी बैठकमा शुरुमा अनुपस्थित रहेका एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि पछिल्लो समय बैठकमा पुगेका छन् । बैठकमा संविधानसभा अध्यक्ष सुवास नेम्बाङको पनि उपस्थिति छ ।
दलहरुले गरेको प्रतिवद्धता अनुसार ८ माघमा संविधान जारी गर्न नसकेपछि जनतालाई के भन्ने र कसरी अगाडि बढ्ने बारेमा दलहरु छलफलमा जुटेका हुन् ।
प्रमुख दलका नेताहरुको बैठक लम्विएपछि आधा घण्टाका लागि भन्दै स्थगित गरिएको बैठक सवा तीन घण्टा वित्दा पनि बस्न सकेको छैन ।
