समाचारबिहीबार, माघ ८, २०७१

संविधानसभामा फेरि कुर्सी भाँचियो

हिमालखबर

एमाओवादी मोर्चाका सभासद्हरुले संविधानसभामा फेरि कुर्सी भाँचेका छन् ।

५ माघमा तीन दर्जन बढी कुर्सी भाँचेका मोर्चाका सभासद्हरुले ८ माघको बैठकमा पनि कुर्सी भाँचेका छन् । संविधानसभालाई ब्यारेक बनाउने खोजिएको भन्दै आक्रोसित सभासद्हरुले राप्रपाका नेता सुर्यबहादुर थापा बस्ने र त्यो सँगैको कुर्सी भाँचेको सभासद् रामहरी खतिवडाले जानकारी दिए ।

उनका अनुसार लगातार संविधानसभामा तोडफोड गर्ने कार्य नरोकेकाले अहिले कांग्रेस–एमालेले माफी माग्न आग्रह गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>