समाचारबिहीबार, माघ ८, २०७१

भोटिङमा जानैपर्छः देउवा

हिमालखबर

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानका विवादित विषयमा सहमति जुट्न नसकेकाले मतदानमा जानु जरुरी रहेको बताएका छन् ।

संविधानसभा हलबाट बाहिरिदै नेता देउवाले दुई तिहाई मत रहेको कांग्रेस, एमालेलगायत दलहरुले सहमतिको प्रयास गर्दा पनि सहमति नभएकाले मतदानबाट संविधान बनाउनु पर्ने बताए ।

देउवाले भने, ‘‘सहमति नजुट्दा भोटिङबाटै संविधान बनाएको संसारभरको अभ्यास छ, एमाओवादी मोर्चा मतदानमा जानैपर्छ ।’’ उनले सवै खालका विचारलाई समेट्नेगरी प्रदेशहरुको प्रस्ताव गरेको दाबी गरे ।

एमाओवादी मोर्चाले लगातार संविधानसभा अवरुद्ध गरिरहेपछि नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेताहरु संविधानसभा बैठकबाट बाहिरिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>