समाचारशुक्रबार, माघ ९, २०७१
प्रतिगामी संविधान रोक्न सकेकोमा हामीलाई गर्व छः दाहाल
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगामी संविधान आउन नदिएकोमा गर्व लागेको बताएका छन् ।
एमाओवादी मोर्चाले ८ माघ रातको नौ बजेदेखि लगातार तीन घण्टासम्म संविधानसभाको बैठक अवरुद्ध गरेर संविधानसभा बैठक स्थगित भएपछि संविधानसभा भवनबाट बाहिरिदै दाहालले कांग्रेस एमालेले प्रतिगामी संविधान ल्याउने तयारी गरेको बताए ।
दाहालले भने, ‘‘यथास्थितिबादी प्रतिगामी संविधान ल्याउन रोक्न सफल भयौं, हामीलाई गर्व लागेको छ ।’’ उनले विगतका क्रान्ति र जनआन्दोलनको भावना अनुसार संविधान ल्याउन लागिपर्ने भन्दै त्यसका लागि जनताले साथ दिनुपर्ने बताए ।
‘‘जनतासँग गरिएको प्रतिवद्धता अनुसार संविधान ल्याउन नसकेकोमा मोर्चाको तर्फबाट क्षमा माग्छु’’, उनले भने ।
