समाचारशुक्रबार, माघ ९, २०७१

एमाओवादीलाई ठूलो सफलताः ओली, प्रतिगामी संविधान आउन राक्यौं, हामीलाई गर्व छः दाहाल

हिमालखबर

kp-sharma-oliनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ माघमा संविधान ल्याउन नदिएर एमाओवादी मोर्चाले ठूलो सफलता पाएको बताएका छन् ।

९ माघ दिउँसो एक बजेसम्मका लागि संविधानसभा बैठक स्थगित भएपछि संविधानसभा भवनबाट बाहिरिने क्रममा ओलीले एमाओवादी मोर्चालाई सही शिक्षादीक्षा दिन नसक्नु आफ्नो कमजोरी भएको बताए ।

उनले भने, ‘‘सभाध्यक्षमाथि प्रहार गर्ने, ममाथि ताकीताकी प्रहार गर्ने र संविधानसभामा तोडफोड गरेर भएपनि संविधान ल्याउन नदिएर एमाओवादीले सफलता प्राप्त गरेको छ ।’’ ओलीले एमाओवादीले खुर्सानी पोको बोकेर संविधानसभाभित्र आएपनि आफुहरुले भीडन्त नचाहेको बताए ।

उनले पहिलो वर्ष एमाओवादी मोर्चा संविधान आउन नदिएर सफल भएपनि उसको लक्ष्य पूरा नहुने बताए । संविधान जारी गर्ने पक्षमा ५५० सभासद् भएकाले जसरी पनि संविधान ल्याएरै छाड्ने बताए । ओलीले भने, ‘‘एमाओवादीलाई ओखती खुवाएर सुधार्न सकिन्छ कि भन्नु गल्ती भयो, तर ढुक्क हुनुहोस् संविधान आउँछ ।’’

 

dahalएमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगामी संविधान आउन नदिएकोमा गर्व लागेको बताएका छन् ।

एमाओवादी मोर्चाले ८ माघ रातको नौ बजेदेखि लगातार तीन घण्टासम्म संविधानसभाको बैठक अवरुद्ध गरेर संविधानसभा बैठक स्थगित भएपछि संविधानसभा भवनबाट बाहिरिदै दाहालले कांग्रेस एमालेले प्रतिगामी संविधान ल्याउने तयारी गरेको बताए ।

दाहालले भने, ‘‘यथास्थितिबादी प्रतिगामी संविधान ल्याउन रोक्न सफल भयौं, हामीलाई गर्व लागेको छ ।’’ उनले विगतका क्रान्ति र जनआन्दोलनको भावना अनुसार संविधान ल्याउन लागिपर्ने भन्दै त्यसका लागि जनताले साथ दिनुपर्ने बताए ।

‘‘जनतासँग गरिएको प्रतिवद्धता अनुसार संविधान ल्याउन नसकेकोमा मोर्चाको तर्फबाट क्षमा माग्छु’’, उनले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>