समाचारशुक्रबार, माघ ९, २०७१
एमाओवादी मोर्चाको बैठक बस्दै
एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाको बैठक एमाओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा शुरु भएको छ ।
संविधानसभाको बैठक ९ माघ दिउँसो १ बजे बोलाइएपछि मोर्चाको बैठक विहानै शुरु भएको छ । ८ माघ मध्यरातसम्म नाराबाजीसहित संविधानसभा बैठक अवरुद्ध गरेको यो मोर्चाले थप कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो ।
मोर्चासँग १५० सभासद् आवछ छन् । यो मोर्चा बाहेकका सभासद्हरु प्रक्रियाबाट संविधान ल्याउने तयारी गरेपछि सडक आन्दोलनसहित जसरी पनि संविधान आउन नदिने रणनीतिमा योे मोर्चा लागेको छ ।
