समाचारशुक्रबार, माघ ९, २०७१

संविधानसभाको बैठक शुरु हुन सकेन

हिमालखबर

संविधानसभाको ९ माघ दिउँसो १ बजेका लागि तय गरिएको  बैठक अहिलेसम्म पनि बस्न सकेको छैन ।

बैठकमा संविधान निर्माण प्रक्रिया अगाडि बढाउनका लागि प्रश्नावली समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । ५ माघदेखि उक्त प्रस्ताव पेस गर्ने प्रयास भए पनि विपक्षी दलको निरन्तर अवरोधका कारण सफल हुन सकेको छैन ।

८ माघमा दलहरुकै विवादका कारण संविधान जारी हुन नसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारमा रहेका दल र विपक्षी दलले आन्तरिक छलफलसमेत गरेका छन् ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले पनि बैठक कसरी अगाडि बढाउने भन्ने विषयमा नेताहरुसँग परामर्श गर्दैछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>