समाचारशुक्रबार, माघ ९, २०७१
बुद्धिमानी बन्न मोर्चालाई सभाध्यक्षको आग्रह
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले लगातार संविधानसभाको बैठक अवरुद्ध हुँदा जनतामा नराम्रो सन्देश गएको बताएका छन् ।
एमाओवादी मोर्चाको अवरोधपछि ९ माघको बैठक स्थगित गर्दै सभाध्यक्ष नेम्वाङले संविधान निर्माण गर्न बैठक सुचारु हुनुपर्ने बताए । उनले भने, ‘‘यस्तो अवरोधले समस्या मात्रै बढ्दै जान्छ, जनतालाई साक्षी राखेर बुद्धिमानीपूर्ण निर्णय लिनुहोस् ।’’
नेम्वाङले पटकपटक आफ्नो ठाउँमा बसेर बैठक सुचारु गर्न सहयोग मागेपनि नाराबाजी नरोकिएपछि ११ माघ दिउँसो १ बजेसम्मलाई स्थगित गरेका छन् ।
