समाचारशनिबार, माघ १०, २०७१

शहीद सप्ताह शुरु, शास्त्रीको सम्झनामा श्रद्धाञ्जलि सभा

हिमालखबर

देशको राजनीतिक स्वतन्त्रताका लागि आफूलाई बलिदान दिने अमर शहीदहरुको सम्झनामा आज १० माघदेखि शहीद सप्ताह शुरु भएको छ । काठमाडौँ महानगरपालिकाले शहीद सप्ताहको पहिलो दिन शहीद शुक्रराज शास्त्रीको सम्झनामा श्रद्धाञ्जलि सभा गरेको छ ।

SahidHaru11शहीद शास्त्रीले अमरत्व प्राप्त गरेको स्थान काठमाडौँको टेकु पचलीमा १० माघ बिहान आयोजित कार्यक्रममा महानगरपालिकाका कर्मचारी, स्थानीयवासी, राजनीतिज्ञलगायतले शहीद शास्त्रीको योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए ।

विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरी जनताको अधिकारका लागि सक्रिय रहेको अभियोगमा विसं १९९७ माघ १० गते शास्त्रीलाई तत्कालीन जहानियाँ राणा शासकले मृत्युदण्ड दिएका थिए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठलगायतले शास्त्रीको तस्वीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जलि दिए ।

श्रद्धाञ्जलि सभामा कार्यकारी अधिकृत श्रेष्ठले मुलुकमा प्रजातान्त्रिक व्यवस्था कायम गर्नका लागि शास्त्रीले गरेको बलिदानले अहिले जनता स्वतन्त्र रहेको भन्दै शहीदको सपनालाई साकार पार्न उनीहरुले देखाएको आदर्शलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>