समाचारशनिबार, माघ १०, २०७१

सहमति नभएसम्म अवरोध जारी राख्ने विपक्षीको निर्णय

हिमालखबर

एमाओवादी नेतृत्वको सात दलीय गठबन्धले संविधानसभाको अवरोध जारी राख्ने निर्णय गरेको छ।

एमाओवादी संसदीय दलको कार्यलय सिंहदरवारमा १० माघमा बसेको एमाओवादी, मधेशकेन्द्रित दलहरु र संघीय समाजवादी पार्टीको बैठकले सत्तारुढ दलहरुले दुईतीहाई बहुमतबाट संविधान ल्यान प्रयत्न गरेको निष्कर्ष निकाल्दै संविधानसभामा जारी अवरोध कायम राख्ने निर्णय गरेको एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बताए ।

बैठकले सहमति नहुँदासम्म संविधानसभामाभित्रको विरोध कायम राख्ने निर्णय गरेको छ ।

गठबन्धनले बैठकले कुनै पनि हातलमा प्रश्नावली समिति गठन गर्न नदिने र संविधानसभा अध्यक्षले नै प्रस्ताव पेस गरे त्यसको विरोध गर्ने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>