समाचारसोमबार, माघ १२, २०७१
कांग्रेस र एमालेका सभासद् गाउँगाउँ पुग्ने
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सभासद्हरुलाई निर्वाचन क्षेत्र जान निर्देशन दिएका छन् ।
प्रश्नावली समितिलाई प्रतिवेदन तयार पार्न १० दिन लाग्ने भएकाले त्यो अवधिमा संविधान निर्माणका पक्षमा जनमत तयार पार्न गाउँ जान निर्देशन दिएका हुन् ।
१२ माघमा दुवै दलले संसदीय दलको बैठक बोलाएर जनतालाई संविधान निर्माणका लागि जागरुक बनाउन सभासद्हरुलाई गाउँ जान निर्देशन दिइएको छ ।
बहुमतबाट प्रश्नावली समिति बनाएपछि एमाओवादी मोर्चाले सडक आन्दोलन गर्ने बताइरहदा कांग्रेस एमालेले पनि कार्यकर्तालाई संविधान निर्माणबारे बुझाउन सभासद्हरु गाउँ पठाएका छन् ।
