समाचारमंगलबार, माघ १३, २०७१
बालकको अपहरणपछि हत्या
बाराको कलैयामा १२ माघ राति ४ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ ।
कलैया–५ बस्ने मोतिलालप्रसाद साहका ४ वर्षीय छोरा आशिषकुमार साहको हत्या भएको हो । ढुंगा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका बालकको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
अभिभावकहरु काममा गएका बेला राति ८ बजे अपहरणमा परेका बालकलाई एक घण्टापछि घरबाट करिब ४०० मिटर टाढा टाँगा स्ट्याण्ड नजिक अचेत अवस्थामा प्रहरीले फेला पारेको थियो ।
घटनामा संलग्नको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।
श्याम गुप्ता, बारा
