समाचारबुधबार, माघ १४, २०७१

पर्साको हरपुरमा प्रहरी र स्थानीयबासिन्दाबीच झडप

हिमालखबर

पर्साको हरपुरमा प्रहरी र स्थानीयबासिन्दाबीच झडप भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले स्थानीय सरजुग चौधरीलाई हात्तिको दाँतसहित पक्राउ गरेपछि झडप भएको हो ।

पक्राउको बिरोधमा स्थानीयबासिन्दा उत्रिएपछि प्रहरीले ७० राउण्ड हवाइ फायर गरेको थियो । झडपको क्रममा चार प्रहरी र केही स्थानीयबासिन्दा घाइते भएका छन् ।

१४ माघ साँझ सीआईबीको टोलीले चौधरीको घरमा छापा मार्ने क्रममा अवैध हात्तिको दाँत फेला पारेको थियो । पक्राउको बिरोधमा स्थानीयबासिन्दाले प्रहरी टोलीलाई नै घेरा हालेर राखेपछि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र प्रहरी चौकी विरुवागुठीको टोली घटस्नास्थल पुगेको थियो ।

गाउँले नै प्रतिकारमा उत्रिएपछि प्रहरीले हवाइ फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जियालाल साह, पर्सा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>