समाचारबिहीबार, माघ १५, २०७१
घुस लिँदालिँदै सवइन्जिनियर पक्राउ
अख्तियरा दुरुपयोग अनुसन्धान आयोगले जिविस पाल्पाका सवइन्जिनियर इदराज घिमिरेलाई घुस लिंदालिंदै पक्राउ गरेको छ ।
पाल्पाको दोभान गाविसको झोलुङ्गे पुल मर्मतका लागि आएको बजेट मध्येको रु ५० हजार घुस लिंदै गर्दा घिमिरेलाई आयोग सम्पर्क कार्यालय बुटवलले स्थानीय सुजाता होटलबाट नियन्त्रणमा लिएको हो ।
आयोगको सम्पर्क कार्यालय बुटवलका डिएसपी तुलबहादुर कार्कीका अनुसार घिमिरेलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
