समाचारशुक्रबार, माघ १६, २०७१

दाहाल निवास पुगेर प्रधानमन्त्रीले विपक्षीलाई वार्तामा आउन आग्रह गरे

हिमालखबर

प्रधानमन्त्री सुशील कोइराला संविधान निर्माणमा सहयोगका लागि आग्रह गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास पुगेर उनीसँग छलफल गरेका छन् ।

शहीद दिवसका अवसरमा १६ माघमा शहीद गेटमा माल्यार्पण गरेपछि सोझै दाहाल निवास लाजिम्पाट पुगेका प्रधानमन्त्री कोइरालाले दाहाललाई वार्तामा आउन आग्रह गरेको दाहालका स्वकीय सचिव चुणामणी खड्काले जानकारी दिए ।

खड्काका अनुसार दाहालले प्रधानमन्त्रीलाई सहमतिको लागि साझा अवधारणा बनाउन भनेका छन् ।
दाहालले सत्तापक्षले सहमतिको लागि साझा अवधारणा बनाएपछि मात्रै विपक्षीले औपचारीक वार्ता गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>