समाचारशुक्रबार, कार्तिक ३, २०६९
‘एमाओवादीले मुलुकलाई अँध्यारोतर्फ धकेल्दै छ’
३ कार्तिकमा पोखरामा आयोजित दशैं कार्यक्रममा सचिव पोखरेलले एमाओवादीकै कारण दलहरूबीच राजनीतिक सहमति हुन नसकेको आरोप लगाए । प्रधानमन्त्री बाबुराम भट्टर्राई सत्तामा टाँसिइरहँदा नयाँ नेपाल बनाउने नेपाली जनताको सपना साकार हुने सम्भवना नरहेको उनको भनाई थियो ।
मुलुकलाई संवैधानिक र राजनीतिक निकास दिनका लागि राष्ट्रिय सहमतिको आवश्यकतामा पोखरेलले जोड दिएका थिए ।
