समाचारशनिबार, माघ १७, २०७१

संविधान आउने मिति तोक्नुपर्छः थापा

हिमालखबर

राप्रपाका नेता तथा पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाले नयाँ संविधान आउने मिति तोक्नुपर्ने बताएका छन् ।

उनले १७ माघमा पत्रकार सम्मेलन गर्दै ८ माघमा संविधान नआउँदा निराशा उत्पन्न भएकाले नयाँ संविधान आउने मिति तोक्नुपर्ने बताए । उनले भने, ‘‘८ माघमा संविधान नआउँदा आकाश खसेन । तर, जनतामा निराशा उत्पन्न भयो, बर्तमान नेतृत्वमाथि प्रश्न चिन्ह खडा भयो ।’’

उनले प्रमुख दलका शीर्ष नेताहरु एक ठाउँमा उभिदा मात्रै संविधान आउने बताए । शीर्ष दलका नेताहरुकै कारण संविधान नआएको भन्दै थापाले अव ठण्डा दिमागले सोच्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>