समाचारशनिबार, माघ १७, २०७१
साढे तीन घण्टापछि प्रश्नावली समितिकाे बैठक सुरु
प्रश्नावली समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङ उपत्यका बाहिर रहेकाले निर्धारित समय भन्दा साढे तीन घण्टा ढिलाे बैठक सुरु भएकाे छ ।
संविधानसभाको प्रश्नावली समितिका सदस्यहरु सवा दुई घण्टादेखि संयोजक कुलबहादुर गुरुङलाई पर्खेर बसिरहेको छ ।
संविधानसभाको प्रश्नावली समितिका सदस्यहरु सवा दुई घण्टादेखि संयोजक कुलबहादुर गुरुङलाई पर्खेर बसिरहेको छ ।
१७ माघ दिउँसो १ बजे बोलाइएको समितिको बैठक संयोजक गुरुङ उपत्यका बाहिर रहेकाले बस्न सकेको छैन ।
गुरुङ आउदै गरेको जानकारी समितिमा गराइएपछि सभासद्हरु संयोजक पर्खेर बसिरहेको एमालेका केन्द्रिय सदस्य तथा समिति सदस्य शेरबहादुर तामाङले बताए । उनका अनुसार जेष्ठ सदस्यको संयोजकत्वमा बैठक बस्नुपर्ने भएकाले गुरुङलाई पर्खिएको हो ।
विपक्षी मोर्चाले ७३ सदस्यीय समितिमा सदस्यहरुको नामावली नपठाएपछि ४९ जना सदस्यहरुको उपस्थितिमा बैठक बस्न लागेको छ ।
एमाओवादी मोर्चाले भने यो समिति नै खारेजीको माग राखेको छ भने सत्ता पक्षका कांग्रेस एमालेलगायत दलहरुले बैठक बोलाएका छन् ।
