समाचारआइतबार, माघ १८, २०७१

राप्रपा नेपालले समिति बैठक बहिष्कार गर्ने

हिमालखबर

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाको प्रस्ताव निर्माण समितिको बैठक बहिष्कार गर्ने जनाएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशीताको प्रतिकूल नहुने गरी प्रश्नावली बनाउने प्रस्तावको विपक्षमा उभ्याउँदै राप्रपा नेपालले समितिको बैठक बहिष्कार गर्ने जनाएको हो ।

समितिद्वारा गठित कार्यविधि निर्माण उपसमितिले ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्षलगायत विभिन्न आन्दोलनहरुका भावना र प्राप्त उपलब्धिलाई संस्थागत गर्न अन्तरिम संविधानले प्रत्याभूत गरिसकेका ती विषयमा प्रतिकूल नहुने गरी मात्रै प्रश्नावली बनाउने प्रस्ताव तयार गरेको छ ।

राप्रपा नेपालका मुख्य सचेतक दीनानाथ गिरीले आफ्नो फरक विचारलाई प्रश्नावलीमा समावेश नगराउने प्रस्ताव स्वीकार्य नहुने भएकाले समितिको बैठकमा बस्नुको औचित्य नहुने बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>