समाचारआइतबार, माघ १८, २०७१
वार्ताबाटै समाधान निकाल्ने पक्षमा छौंः मन्त्री निधि
भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले एमाओवादी सहितको मोर्चाले गर्ने आन्दोलनले संविधान निर्माणमा बाधा पुग्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले १८ माघमा गरेको पत्रकार सम्मेलनमा उनले सत्तारुढ दल र सरकार वार्ता तथा सहमतिबाटै समस्या समाधान निकाल्ने पक्षमा रहेको बताए ।
उनले आपसी छलफलमा आउन विपक्षी दलहरूसँग आग्रह गरे । संविधानसभामा प्रस्ताव निर्माण समिति गठन भए पनि अन्तिमसम्म सहमतिको प्रयास गरिने र सहमति हुनै नसके मात्र प्रक्रियाबाट संविधान जारी गरिने उनको भनाइ छ ।
मन्त्री निधिले सवारी दुर्घटनाहरू विशेष गरी चालकहरूको लापर्बाहीले हुने गरेको र दुर्घटना न्यून गर्न चेतना अभिवृद्धि, तालिम र नियम कानुनलाई परिवर्तन गरिन लागिएको बताए ।
रासस
