समाचारआइतबार, माघ १८, २०७१

उच्च शिक्षा परिषदको कार्यालय तोडफोड

हिमालखबर

उच्च शिक्षा परिषदको कार्यालयमा तालाबन्दी गर्दै विद्यार्थी । तस्वीरहरुः छत्र साउद

उच्च शिक्षा परिषदको कार्यालयमा तालाबन्दी गर्दै विद्यार्थी । तस्वीरहरुः छत्र साउद

संयुक्त विद्यार्थी संगठनले डडेल्धुरास्थित उच्च शिक्षा परिषद्को कार्यालयमा तोडफोड गरेका छन् । बिना प्रतिस्पर्धा कर्मचारी भर्ना गरिएको भन्दै विभिन्न विद्यार्थी संगठनले १८ माघमा उच्च शिक्षा परिषद् डडेल्धुराको कार्यालयमा तोडफोड गरेका हुन् ।

उच्च शिक्षा परिषदको कार्यालय तोडफोडउनीहरुले कार्यालयमा तालाबन्दी समेत गरेका छन् । उच्च शिक्षा परिषदले डडेल्धुरामा खोलेको कार्यालयमा बिना प्रतिस्पर्धा १२ कर्मचारी भर्ना गरिएकोबारे पटकपटक बिरोध गर्दा पनि बेवास्ता भएकाले तालाबन्दी गरेको विद्यार्थीको भनाइ छ ।

उनीहरुले उच्च शिक्षा परिषद् डडेल्धुराको कार्यालयका प्रमुख महेन्द्र पाण्डेयको कार्यकक्षमा तालाबन्दी गर्दै तोडफोड गरेका छन् ।

तालाबन्दी गर्नेमा अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैंटौं, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन लगायत छन् ।

कर्मचारी भर्ना प्रक्रिया खारेज नगरेसम्म तालाबन्दी नखोल्ने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवराज धिक्तले बताए ।

छत्र साउद, डडेल्धुरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>