समाचारआइतबार, माघ १८, २०७१
प्रस्ताव समितिको कार्यविधि पारित
संविधानसभाबाट गठित प्रस्ताव निर्माण समितिको कार्यविधि पारित भएको छ । सिंहदरबारमा १८ माघमा बसेको समितिको बैठकले कार्यविधि पारित गरेको हो ।
संविधानका अन्तर्वस्तुमा देखिएका असहमतिलाई प्रश्नावली तयार पार्न गठित समितिले १९ माघदेखि प्रश्नावली निर्माणको काम थाल्ने भएको छ । प्रश्नावलीको निर्माणका लागि छलफल थालिने समितिका एक सदस्यले बताए ।
बैठकपछि समितिका सदस्य गगन थापाले अधिकतम लचक भएर प्रश्नावली तयार गरिने बताए ।
समितिको गठनको बिरोधमा एमाओवादी सहितका १८ दल समितिमा सहभागी छैनन् भने राप्रपा नेपालले पनि १८ माघबाट समिति बहिष्कार गरेको छ ।
