समाचारसोमबार, माघ १९, २०७१

एमाअाेवादी नसम्हालिए दुई सीटकाे पार्टी बन्छ: ओली

हिमालखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो संविधानसभालाई असफल हुन नदिइने र संविधानसभाबाटै नयाँ संविधान जारी गरी छाड्ने दृढता व्यक्त गरेका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको राष्ट्रिय परिषद् बैठकको उद्घाटन गर्दै उनले कांग्रेसलगायतका अन्य शक्तिसँग एकताबद्ध भएर अघि बढ्ने र नेपाली जनतालाई अप्ठ्यारो हुने काम हुन नदिने गरी एमालेले नेतृत्व गर्ने बताए ।

अाेलीले भने, “एक सय पच्चीस जातजाति भएको हाम्रो देशमा जातीयताका आधारमा प्रदेश विभाजन गरिए मुलुकले रुवान्डा, सुडान र नाइजेरियाको जस्तो स्थिति भोग्नुपर्छ, देशमा जातीय कलह, विग्रह र युद्ध निम्त्याउन खोज्ने तत्वसँग सावधान हुनु जरुरी छ ।”

अाफुले भनेको कुरा मात्रै सहमति हो भन्ने ठान्ने एमाअाेवादीले धम्की दिँदैमा तर्सिनुपर्ने कुनै जरुरी छैन भन्दै अध्यक्ष ओलीले एमाओवादी अझै पनि सम्हालिन सकेन भने अर्को निर्वाचनमा दुई सिट पनि ल्याउन नसक्ने चेतावनी दिए ।

उनले प्रदेश बनाउँदा राज्यले धान्न सक्ने गरी थोरै बनाइनुपर्नेमा जोड दिँदै भने, “क्रान्ति जनताको अग्रगामी हितका लागि हुनुपर्छ, जालझेल, तिकडम र उत्पात मच्चाउने कामका लागि भने कदापि हुन सक्तैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>