समाचारसोमबार, माघ १९, २०७१

प्रधानमन्त्रीले युराेपेली संघका प्रतिनिधिलाई भने, ‘एमाअाेवादीले संविधान बन्न दिएन’

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले युरोपेली संघको प्रतिनिधिमण्डलसँगको कुराकानीमा देशको हित नचिताउने एमाअाेवादी लगायतका राजनीतिक दलका कारण ८ माघमा संविधान अाउन नसकेकाे बताएका छन् ।

संघका राजदूत रेन्चे टिरिङको नेतृत्वमा आएका नेपालका लागि बेलायत, डेनमार्क, जर्मनी, फ्रान्स, फिनल्यान्ड, नर्वे र स्वीजरल्यान्डका राजदूतसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले यस्तो बताएका हुन् ।

भेटका क्रममा उनले भने, “संविधान निर्माणको प्रक्रिया अगाडि बढेको छ,  केही राजनीतिक दल देश र जनताको बृहत्तर हितमा लचक हुन नसक्दा ८ माघमा संविधान ल्याउन गरिएकाे सहमतिकाे प्रयास सार्थक परिणाममा पुग्न सकेन ।”

भेटवार्ता नेपालको राजनीतिक स्थिति, संविधान निर्माणको अवस्था, नेपाल र युरोपेली सङ्घबीचको राजनीतिक सहयोगलगायत विषयमा केन्द्रित भएको उनका प्रेस सहयोगी प्रकाश अधिकारीले बताए ।

काेइरालाले विगत सात वर्षदेखिको निरन्तर प्रयास भए पनि सहमतिमा कायम गर्न नसकेकाले प्रक्रियामा जानुपरेको बताए । उनले बाध्यताले प्रक्रियामा जानुपरे पनि प्रक्रिया आफैंमा प्रजातान्त्रिक विधि भएकाे बताए ।

“वार्ताको प्रयास छाडिएको छैन”

भेटमा प्रधानमन्त्री कोइरालाले भइसक्न लागेको सहमति केही दलको अनावश्यक अडानले अन्तिम क्षणमा बिग्रेको बताउँदै भने, “प्रक्रियाको कुरा गरे पनि सहमति, सहकार्य, एकता मेलमिलाप र वार्ताको प्रयास छाडिएको छैन ।”

काेइरालाले भने, “म आफैं गेट क्र्यास गरेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटन गएको छु ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>