समाचारमंगलबार, माघ २०, २०७१

संविधानसभाले बढाएको प्रक्रिया कसैले रोक्न सक्दैनः प्रधानमन्त्री

हिमालखबर

तस्वीर सौजन्यः रिपोर्टर्स क्लब

तस्वीर सौजन्यः रिपोर्टर्स क्लब

प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाबाट अघि बढेको संविधान निर्माण प्रक्रिया कसैले पनि रोक्न नसक्ने बताएका छन् । २० माघमा रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्ने क्रममा उनले संविधानसभाले गठन गरेको समिति रोक्ने अधिकार कसैसँग नभएको बताएका हुन् ।

“‘वार्ताका लागि गेट क्र्यास गरेर प्रचण्डजीकोमा गएँ, तर उहाँले प्रस्ताव निर्माण समिति खारेज गर्नुपर्ने शर्त राख्नुभयो,” उनले भने, “संविधानसभाले गठन गरेको समिति रोक्ने म को हुँ ? प्रक्रिया संविधानसभाले शुरु गरेको हो, मैले होइन, मैले रोक्न सक्दिन, प्रक्रिया रोक्ने कसैसँग अधिकार छैन ।”

प्रधानमन्त्री कोइरालाले ससर्त वार्ता बस्न नसकिने स्पष्ट पारे । “प्रचण्डजीले मसँग प्रस्ताव निर्माण समिति खारेज गर्नुपर्छ भन्नुभयो, किन खारेज गर्ने ? म ससर्त वार्तामा बस्दिन,” उनले भने ।

उनले अब प्रक्रियामै गएर भए पनि संविधान जारी गरेरै छाड्ने उनले बताए । उनले भने, “सहमतिको राजनीतिबाट म पछि हट्दिन, तर त्यसका लागि प्रक्रिया रोक्ने शर्त मान्न सकिँदैन ।”

संविधानसभा छाडेर गए एमाओवादीलाई जनताले नै घेर्ने प्रधानमन्त्रीको भनाइ छ । “उहाँहरु वार्तामा नआए कहाँ जाने ? आन्दोलनमा जाने ? द्वन्द्वमा जाने ? बन्दुक बोक्न जाने ?” उनले थपे, “संविधानसभा छाडेर गए एमाओवादीलाई जनताले नै घेर्नेछ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>