समाचारमंगलबार, माघ २०, २०७१
भुटानी शरणार्थी शिविर नजिक आगलागी
झापा बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरसँग जोडिएको सामुदायिक बनमा आगलागी भएको छ । दमक–५ स्थित हंसेदुम्से सामुदायिक बनमा २० माघ दिउँसो आगलागी भएको हो ।
आगलागीबाट बनको करिब दुई बिगाह क्षेत्रको रुख–विरुवा सखाप भएको छ । आगो भने अहिले नियन्त्रणमा आएको छ ।
दमकबाट गएको दमकल, प्रहरी र बनछेउका भुटानी शरणार्थीले दुई घण्टा पछि आगो निभाएका हुन् ।
करिब १९ हजार शरणार्थी रहेको बेलडाँगी शिविर छेउको बनमा फ्याँकिएको चुरोटको ठूटोबाट आगलागी भएको हुनसक्ने प्रहरीको भनाइ छ ।
गोपाल गडतौला, झापा

