समाचारमंगलबार, माघ २०, २०७१

एमाओवादीले २२ माघको संविधानसभा बैठक बहिस्कार गर्ने

हिमालखबर

pkdएमाओवादी अध्यक्ष पुष्पकमल दाहालले २२ माघमा बस्ने संविधानसभा बैठकमा आफ्नो दलको उपस्थिति नरहने बताएका छन् ।

२० माघमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिंदै दाहालले कांग्रेस र एमालेले बहुमतीय प्रक्रियामा गएर संविधान बनाउन खोजेको र त्यस्तो अवस्थामा आफूहरु संविधानसभा बैठकमा उपस्थित हुनुको औचित्य नहुने बताए ।

उनले भने, “कांग्रेस–एमालेले विस्तृत शान्ति सम्झौताको सिंगो पक्षलाई बेवास्ता गर्दै दुईतिहाईको बलमा पेलेर जान खोज्ने हो भने संविधानसभाको बैठकमा हामी उपस्थित हुँदैनौं ।” उनले संविधान निर्माणलाई प्रक्रियामा लैजाने निर्णय फिर्ता हुनुपर्ने माग गरे ।

दाहालले भने, “कांग्रेस एमालेको बहुमतको साक्षी बस्न हामी संविधानसभामा जाँदैनौं ।”

यद्यपी उनले अझै पनि सहमतिको संभावना भने कायमै रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>