समाचारमंगलबार, माघ २०, २०७१
सडक छाडेर सहमतिमा आउन देउवाको आग्रह
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सडक आन्दोलन छाडेर सहमतिमा आउन विपक्षीलाई आह्वान गरेका छन् ।
दाङको तुलसीपुरमा शुरु भएको मध्यपश्चिम कृषि, पर्यटन, साँस्कृतिक तथा व्यापार महोत्सवको २० माघमा उद्घाटन गर्दै देउवाले भने, “म यही मञ्चबाट विपक्षी दललाई आह्वान गर्न चाहान्छु, तपाईंहरु सहमतिमा आउनुहोस् सडकमा आन्दोलन र तोडफोड गरेर संविधान बन्दैन ।”
उनले सहमतिका लागि आफूहरु हदैसम्मको लचकता अपनाउन तयार रहेको बताए ।
प्रक्रियामा जानु बाध्यता
कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रक्रियाबाट संविधान ल्याउने प्रयास बाध्यता भएको बताए ।
उनले प्रक्रियासँगै सहमतिको प्रयास जारी राख्नुपर्ने भन्दै विपक्षी दलहरुलाई संवादमा आउन आग्रह गरे ।
खाणले भने, “अवरोधका बाबजुद प्रक्रिया अघि बढेको छ, तर सहमतिका लागि अधिकतम लचकताका साथ वार्ताको थालनी हुनुपर्छ ।”
