समाचारबुधबार, माघ २१, २०७१

संविधानसभा बैठकमा नजाने मोर्चाको निर्णय

हिमालखबर

एमाओवादी नेतृत्वको मोर्चाले २२ माघमा बस्ने संविधानसभा बैठकमा सहभागी नहुने निर्णय गरेको छ । २१ माघमा बसेको मोर्चाको बैठकले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले २२ माघमा बोलाएको बैठकमा नजाने निर्णय गरेको हो ।

मोर्चामा सहभागी राष्ट्रिय जनमुक्ति पार्टीका सभासद शिवलाल थापाले संविधानसभाले अघि बढाएको प्रक्रियाको बिरोध गर्दै बैठकमा उपस्थित नहुने निर्णय भएको जानकारी दिए । उनले भने, “मोर्चाले संविधानसभा बहिष्कार गरेको होइन, दबाबका लागि यस्तो बैठकमा नजाने निर्णय गरेको हो ।”

उनका अनुसार मोर्चाले व्यवस्थापिका संसदअन्तर्गतका समितिका बैठकमा पनि केही समय सहभागी नहुने निर्णय भएको जानकारी दिए । मोर्चाले यसअघि तय गरेका आन्दोलनका कार्यक्रम तीब्र रुपमा अघि बढाउने निर्णय भएको थापाले बताए ।

बैठकले १० अर्ब दिए एमाओवादी नेतृत्वको मोर्चाले आन्दोलन रोक्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिबारे छानबिन गर्न माग गरेको छ । ओलीको अभिव्यक्तिबारे उच्चस्तरीय छानबिन आयोग गठन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने मोर्चाको माग छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>