समाचारबुधबार, माघ २१, २०७१

मोर्चा बैठकको निर्णय: ओलीको ‘मानसिक स्वास्थ्य’ परिक्षण गराउ

हिमालखबर

एमाओवादी र मधेश केन्द्रित दलहरु संलग्न विपक्षी मोर्चाले एमाले अध्यक्ष केपी ओलीको मानसिक स्वास्थ्य परीक्षण गराउन सरकारसँग माग गरेको छ ।

२१ माघमा बसेको मोर्चाको बैठकले ओलीको उपचार गराउन सरकारसँग माग गर्नुका साथै उनी स्वस्थ्य रहेको पाइएमा उनको अभिव्यक्तिको छानविन गर्न सरकारसँग माग गरेको बैठकमा सहभागी सदभावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए ।

“१० अर्ब रुपैयाँ दिए मोर्चाले आन्दोलन रोक्छ भन्ने लगायतका अभिव्यक्ति दिएकाले ओलीजी मानसिक रुपमा विरामी भएको हामीले ठहर गरेका छौं, त्यसैले उहाँको तत्कालै उपचारको व्यवस्था गर्न मोर्चाको बैठकले सरकारसँग माग गर्ने निर्णय गरेको छ, ” सुमनले भने, “उपचारका क्रममा उहाँ ठिक भएको पाइएमा उहाँका अभिव्यक्तिहरुका बारेमा छानविन गर्न उच्चस्तरीय छानविन समिति गठन गर्न पनि सरकारसँग माग गरेका छौं ।”

त्यसैगरी बैठकले ११ माघको संविधानसभा बैठकद्वारा बहुमतले पारित प्रस्ताव निर्माण समिति गठन सम्बन्धी प्रस्ताव सभाध्यक्षले फिर्ता नलिएसम्म संविधानसभा र व्यवस्थापिका संसद अन्तर्गतका सबै समितिका बैठक र संविधानसभा बैठकमा समेत सहभागी नहुने निर्णय गरेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>