समाचारबुधबार, माघ २१, २०७१

राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल

हिमालखबर

ram_Baran_koiralaराष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच राष्ट्रपति निवासमा मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।

दुबैबीच संविधानसभाको प्रश्नावली तयार गर्ने प्रस्ताव समितिले हालसम्म गरेका काम तथा भावी योजनाका साथै देशको वर्तमान अवस्थाबारे विचारविमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए ।

संविधानसभामा केही समयदेखि उत्पन्न गतिरोध र त्यसपछि गठन भएको प्रश्नावली निर्माण समितिले काम थालेको सन्दर्भमा राष्ट्रपतिलाई प्रधानमन्त्रीले अवगत गराएका थिए ।

अनिश्चितकालका लागि स्थगन भएको संविधानसभाको बैठक भोलि २२ माघ अपराह्न डाकिएकाले संविधान निर्माणका क्रममा प्रश्नावली समितिमा भएका प्रगतिबारे पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>