समाचारबिहीबार, माघ २२, २०७१

सीके राउतलाई भेटेको समय उपयुक्त थिएनः ईयु राजदूत ट्यिरिन्क

हिमालखबर

युरोपियन युनियनका राजदूत रेन्जे ट्यिरिन्कले सीके राउतसँग आफूले ‘नभेटेको भए पनि हुने’ बताएकी छन् ।

अंग्रेजी साप्ताहिक नेपाली टाइम्सलाई दिएको अन्तर्वार्तामा ट्यिरिन्कले नेपालबाट मधेशलाई अलग्याउने अभियान चलाएका सीके राउतलाई आफूहरुले भेटेको समय अनुपयुक्त भएको भन्दै नभेटेको भए पनि हुने बताएकी हुन् ।

यद्यपी उनले राउतका अजेन्डामा समर्थन गर्न वा त्यसबारे प्रतिक्रिया दिनलाई नभई उनका गुनासा सुन्नका लागि मात्रै भेटेकोे बताइन् ।

अन्तर्वातामा ट्यिरिन्कले भनेकी छन, “उनले (राउतले) आफूप्रति गलत व्यवहार भएको बताएकाले त्यो सुन्नका लागि मात्रै उनलाई भेटेका थियौं भन्ने हामीले स्पस्ट पारेका छौं ।”

राज्यद्रोहको मुद्दा चलिरहेका राउतलाई भेट्नु कुटनीतिक मर्यादाको उल्लंघन होइन ? भन्ने प्रश्नको जवाफमा टियरिन्कले भनिन्, “राजनीतिक अभियन्तालाई भेट्दैमा राज्यको आन्तरिक मामिलामा हस्तक्षेप गरिएको भन्ने हुन्छ र ? यदि हुन्छ भने हामीले मर्यादाको उल्लंघन गरेकै हौं । तर त्यस्तो धेरै कुटनीतिज्ञहरुले गरिराखेकै छन् ।”

डेनिश राजदूतसँगै राउतलाई केही साताअघि भेटेपछि ट्यिरिन्क विवादमा आएकी हुन् । अन्तर्वातामा उनले बेलायती राजदूतको धर्म परिवर्तन सम्बन्धी विवादास्पद अभिव्यक्ति र संविधान निर्माणमा सहमतिका लागि युरोपियन युनियनको आग्रहबारे पनि चर्चा गरेकी छन् ।

अन्तर्वार्ताको पूर्णपाठ २३ माघ, शुक्रबारको नेपाली टाइम्समा पढ्न सकिने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>