समाचारशनिबार, माघ २४, २०७१
जनता संविधान चाहन्छन्, नबन्नुको कारण होइन: पूर्वअध्यक्ष रेग्मी
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान निर्माणको नाममा जनताले सहमति र असहमतिको निरर्थक बहस सुन्न नचाहेको बताएका छन् ।
नपरोस् भन्ने नेपाली जनभावना बुझ्न राजनीतिक दललाई सुझाव दिनुभएको छ ।
काठमाडौंमा रिडी–राम्दी पाल्पाली समाजको छैठौं साधारणसभालाई २४ माघमा सम्बोधन गर्दै रेग्मीले भने, “निर्धारित समयमा हाम्रो देशको संविधान निर्माण हुन नसकेको विषयले आफूलाई अति दुःखी तुल्याएको छ ।”
संविधान जारी हुन नसक्नुका पछाडि राजनीतिक दलका आ–आफनै विश्लेषण, कारण र तर्क भएपनि त्यसबारे जनतालाई कत्ति पनि चासो नरहेको पूर्वप्रधानन्यायाधीश समेत रहेका रेग्मीले बताए । भने, “जनता संविधान चाहन्छन्, नबन्नु, नबनाएको कारणको व्याख्या र तर्क सुन्न कतिपनि लालायित छैनन् र त्यो धैर्य पनि राख्दैनन् भन्ने मेरो बुझाई छ ।”
कुशल राजनीतिज्ञले देशको रुपान्तरण र अग्रगमनको कुरा बोली र व्यवहार दुवैमा देखाउन सक्नुपर्दछ भन्दै उनले आफूले मतदान गरेको दल र नेताका गतिविधिलाई जनताले नियालिरहेकाले सचेत भएर काम गर्न राजनीतिक नेतृत्वलाई सल्लाह दिए ।
अहिलेको अवस्थामा एकमात्र सङ्कल्प संविधान निर्माण नै हो भन्ने मान्यताका साथ राजनीतिक दलहरूले जनतासामु व्यक्त गरेका प्रतिबद्धताको पनि स्मरण गराउँदै उनले निकट भविष्यमै संविधान जारी गर्नेतर्फ अग्रसर हुन राजनीतिक दलका नेतृत्वसँग विशेष आग्रह गरेका छन् ।
