समाचारआइतबार, माघ २५, २०७१

कोइराला र ओली विगतका सम्झौता उल्टाउन चाहन्छन्ः दाहाल

हिमालखबर

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बृहत्त शान्ति सम्झौता र मधेश सम्झौता बिरोधीहरु नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा पुगेकाले संविधान निर्माणमा गतिरोध आएको दाबी गरेका छन् । जनकपुरको एक होटेलमा २५ माघमा संचारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला १२ बुँदे समझदारीबाट खुशी नभएका र एमाले अध्यक्ष केपी शर्मा ओली जनआन्दोलन बिरोधी भएकाले उनीहरु ती सम्झौता उल्टाउन लागिपरेको आरोप लगाए ।

“उनीहरु अहिले पावरमा आएका छन्, त्यसैले ऐतिहासिक सम्झौताहरु उल्टाउनतिर उद्दत भएका छन्,” दाहालले भने । उनले मधेशको अस्तित्व नै स्वीकार नगर्ने र जनआन्दोलनलाई बयलगाडा चढेर अमेरिका पुग्ने टिप्पणी गरेका ओली आन्दोलनबाट प्राप्त उपलब्धि र संघीयताको रक्षा गर्नै नसक्ने बताए ।

उनले प्रस्ताव निर्माण समिति भन्दा पनि सत्तापक्षीय दलहरुको पेलेर जाने सोच संविधान निर्माणको प्रमुख बाधक रहेको दाहालको भनाइ छ । उनले विगतमा भएका सम्झौताहरुको सम्मान गर्ने, सम्झौताको मर्म बमोजिम संविधान लेखन अगाडि बढाउने र आन्दोलनका सहयात्रीहरुको सहमतिबाट संविधान बनाउने दृढ आए संविधान निर्माणका सबै समस्या समाधान हुने दाबी गरे ।

ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>