समाचारसोमबार, माघ २६, २०७१

आन्दोलनले विकास हुन दिएन: प्रधानमन्त्री कोइराला

हिमालखबर

Sushil koirala2प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा सधैँ आन्दोलन मात्र हुँदा विकास हुन नसकेको दाबी गरेका छन् ।

नेकपा–माओवादी निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)ले शिक्षा, स्वास्थ्य र रोजगारीका सम्बन्धमा कानूनी व्यवस्था हुनुपर्ने मागसहितको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले अब सबैको ध्यान आन्दोलन हैन विकासतर्फ केन्द्रित हुनुपर्ने बताए ।

मुलुकको प्राकृतिक स्रोत, साधनको उपयोग गर्न सके युवाले रोजगारीका लागि खाडी जानु नपर्ने बताउँदै उनले संविधान जारी हुने बित्तिकै अन्तर्राष्ट्रिय लगानी ओइरिने दाबी पनि गरे ।

“राणाकालदेखि नै मुलुकमा सधैँ आन्दोलन मात्र भयो, तसर्थ विकास निर्माणमा कसैको ध्यान गएन र मुलुकमा आज गरिबी, बेरोजगारीलगायत समस्या देखिएको हो” प्रधानमन्त्री कोइरालाले भने, “२०६२/६३ को जनआन्दोलनले मुलुकमा ठूलो परिवर्तन र उपलब्धि हासिल गरेको छ, यसलाई संस्थागत गर्न सहमतिमा संविधान जारी गर्न आवश्यक छ ।”

सहमतिका आधारमा नै संविधान जारी गर्ने बताउँदै उनले सहमतिका लागि डर, त्रास र धम्कीले नभई सबैले लेनदेनमा आउनुपर्नेमा जोड दिए ।

भेटका अवसरमा कानून, न्याय, संविधानसभा तथा सङ्घीय मामिला मन्त्री नरहरि आचार्यले अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)का तर्फबाट प्रस्तुत शिक्षा, स्वास्थ्य र रोजगारीका सम्बन्धमा कानुन तर्जुमाको माग जायज भएको बताएका थिए ।

क्रान्तिकारी महिला सङ्घको तर्फबाट संयोजक अमृता थापाले आफ्ना माग राख्दै प्रधानमन्त्री कोइरालालाई ज्ञापनपत्र बुझाएकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>