समाचारसोमबार, माघ २६, २०७१

सत्य निरुपण र बेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिश

हिमालखबर

सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा पूर्वराजदूत सूर्यकिरण गुरुङ सिफारिश भएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका लागि सिफारिश समितिले २६ माघमा गुरुङलाई अध्यक्षका लागि सिफारिश गरेको हो ।

आयोगको सदस्यमा भने वरिष्ठ अधिवक्ता लिला उदासी, अधिवक्ता श्रीकृष्ण सुवेदी, समाजशास्त्री डा. माधवी भट्ट र उपप्राध्यापक मञ्चला झा सिफारिश भएका छन् ।

यस्तै, सिफारिश समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा भने पूर्व मुख्य न्यायाधीश लोकेन्द मल्लिकलाई सिफारिश गरेको छ ।

आयोगको सदस्यमा बिजुल विश्वकर्मा दुलाल, प्राडा विष्णु पाठक, नरकुमारी गुरुङ र आईबहादुर गुरुङ सिफारिश भएका छन् ।

१ असार २०७१ म गठित सिफारिश समितिले २६ माघमा दुवै आयोगका लागि नाम सिफारिश गरेको हो । समितिले २६ माघमा प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर सिफारिश बुझाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>