समाचारसोमबार, माघ २६, २०७१

स्विस ब्याङकमा ८ नेपालीको पाँच अर्ब ४० करोड रुपैयाँ !

हिमालखबर

स्वीस ब्याङकमा ८ जना नेपालीले करिब ५ अर्ब ४० करोड कालो धन राखेको खुलासा भएको छ ।

नेपालबाट कर छली, भ्रष्टाचार र अन्य गलत क्रियाकलापबाट आर्जित ५ अर्ब ४० करोड रुपैयाँ स्विजरल्याण्डको एचएसबीसी ब्याङ्कमा राखेको खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आसीआइजेले जनाएको छ ।

आइसीआइजेको प्रतिवेदनमा कालो धन स्विस ब्याङ्कमा राख्नेहरुको सूचीमा नेपाल ११६ औं स्थानमा रहेको उल्लेख छ । त्यसैगरी ३६ वटा ब्याङ्क खातामा रहेको ५ अर्ब ४० करोड मध्ये एउटै ग्राहकको ४ अर्ब ५० करोड र बाँकी सात जनाको रहेको पनि प्रतिवेदनले जनाएको छ ।

उक्तरकम २०४६ देखि २०६२ सालसम्म राखिएको बताइए पनि राख्ने व्यक्तिको नाम भने खुलाइएको छैन ।

गोपनियतामा विश्वभर ख्याति कमाएको स्वीस ब्याङ्कका पूर्व कर्मचारीले उक्त सूचना चुहाएको बताइएको छ ।

एचएसबीसी ब्याङकको बेलायतस्थित केन्द्रिय कार्यालयले भने आफ्नो स्विजरल्याण्ड शाखाले ग्राहकहरुको सूचना जोगाउन नसक्नु आफ्नो कमजोरी भएको बताएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>