समाचारआइतबार, कार्तिक ५, २०६९
सरकार सहमतिको भाषा बुझ्दैनः अध्यक्ष खनाल
“सहमतिको भाषा नबुझ्ने सरकारविरुद्ध चाडबाडपछि आन्दोलन अघि बढ्छ,” खनालले भने । उनले राष्ट्रिय सहमतिको लागि दबाब सिर्जना गर्न आन्दोलनबाटै वर्तमान सरकारलाई हटाउने दाबी गरे ।
नेकपा एमाले १५ नम्बर वडाले ५ कार्तिकमा राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष खनालले मुलुक सङ्कटमा परेका बेला एनेकपा माओवादी नेतृत्वको सरकारले संकट बढाउने काम गरेको आरोप लगाए ।
अध्यक्ष खनालले एनेकपा माओवादीको द्वैध र ढुलमुले नीतिका कारण मुलुक झन सङ्कटमा फसेको भन्दै वर्तमान सरकार सहमतिका लागि बाधक रहेको उल्लेख गरे ।
राष्ट्रिय सहमतिका लागि सडकबाटै दबाब सिर्जना गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो ।
