समाचारबुधबार, माघ २८, २०७१
प्रश्नावली समिति भंग गर्न सकिन्न भने स्थगित गराैं: बाबुराम
एमाअाेवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले प्रश्नावली समिति भंग गर्न नसकिएपनि स्थगित गर्न माग गरेका छन् ।
नेता भट्टराईले सबै राजनीतिक दलहरुले आ–आफ्नै अडानमा बसेपनि आधारभूत विषयमा सहमति गर्नुपर्नेमा बताए । भट्टराईले भने, “चार शक्तिबीचको सहमतिमा मात्रै दिगो संविधान जारी हुन्छ । प्रश्नावली समिति भंग गर्न नसकेपनि स्थगत गरेर सहमतिको वातावरण मिलाउन पर्छ ।”
उनले एमाले अध्यक्ष केपी ओली नयाँ जंगबहादुर बन्ने सपनामा लागेकाले संविधान बन्न नसकेकाे बताए । उनले भने, “कसैले जंगबहादुर बन्ने सपना नदेखे हुन्छ ।”
एमाअाेवादीसहितकाे ३० दलीय माेर्चाले याे प्रश्नावली समिति बनाउन नदिन भनेर ५ माघमा संविधानसभा भवनभित्र ताेडफाेड र हातपात गरेका थिए । ताेडफाेडपछि संविधानसभा लगातार अवरुद्ध गरेपनि दुई तिहाई मतबाट प्रश्नावली समिति पारित भएकाे छ ।
